अछाम- अछाममा सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका नेता तथा मन्त्री शेरबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभा (क) मा कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघराज खड्का र प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता झपट साउदले निर्वाचन अधिकृतको कार्यालय साँफेबगर पुगेर मनोनयन दर्ता गरेका हुन् ।
यता क्षेत्र नम्बर २ मा पनि सत्ता गठबन्धनका दलहरूले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले मनोनयन दर्ता गरेका छन् ।
प्रदेशसभाका लागि प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल र प्रदेश (ख) बाट नेपाली कांग्रेसका नेता मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।














