धनगढी– नेपाली काँग्रेस कैलालीले काँग्रेस
सम्बद्ध वागी तथा स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गरि गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न अपिल गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस तथा गठबन्धन दलका आधिकारिक उम्मेदवारका विरुद्ध परेका बागी/स्वतन्त्र उम्मेदवारी फिर्ता लिन काँग्रेस कैलालीले अपिल गरेको हो ।
‘नेपाली काँग्रेस पार्टीसंग सम्बद्ध उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली काँग्रेस एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारहरुका पक्षमा लागेर सहयोग गर्न हुन नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलाली यसै विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछ’ काङ्ग्रेस कैलालीका सभापती नारायणदत्त भट्टद्वारा विज्ञप्तिमा भनिएको छ । 














