• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रतिपक्षको कडा चेतावनी, एक साताभित्र जवाफ नआए पद त्याग गर्न माग

  •   बुधबार, माघ २८, २०८२ मा प्रकाशित

धनगढी । देश गम्भीर राजनीतिक, प्रशासनिक, कूटनीतिक, आर्थिक र सुशासनको संकटबाट गुज्रिरहेको बेला सुदूरपश्चिम प्रदेश सरकार निष्क्रिय, दिशाहीन र भ्रष्टाचारमुखी बनेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकारलाई कडा चेतावनी दिएको छ ।

प्रदेशको सबैभन्दा ठूलो दल तथा जिम्मेवार प्रतिपक्षको हैसियतमा नेकपाले प्रदेश सरकारका कामकारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक साताभित्र स्पष्ट, लिखित र चित्तबुझ्दो जवाफ दिन सरकारलाई अल्टिमेटम दिएको हो । अन्यथा मुख्यमन्त्रीसहित मन्त्रीहरूले पदमा बसिरहन नैतिक अधिकार गुमाउने र पद त्याग गरी जनतासमक्ष माफी माग्नुपर्ने पत्रकार सम्मेलन मार्फत चेतावनी दिएको छ ।

प्रदेश सरकारको दोस्रो कार्यकालको आधाभन्दा बढी अवधि बितिसक्दा पनि अपेक्षित काम हुन नसकेको, विकास खर्च सुस्त रहेको र जनताले सरकारको उपस्थिति नै अनुभूति गर्न नपाएको आरोप लगाएको छ । सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनताको खाडलमा फसेको प्रतिपक्षको निष्कर्ष छ ।
प्राकृतिक विपत्ति, दुर्घटना वा संकटका बेला विज्ञप्ति जारी गर्ने र केही रकम घोषणा गर्ने बाहेक सरकारले ठोस काम गर्न नसकेको नेकपा संसदीय दलका नेता खगराज भट्टको आरोप छ । बैतडी बस दुर्घटनाको छानबिनसमेत गर्न नसक्ने सरकारले भूकम्प, बाढी र पहिरो पीडितहरूको पुनस्र्थापनामा काम गर्ने अपेक्षा गर्नु दिवास्वप्न जस्तै भएको बताइएको छ ।

कानुन निर्माण, योजना कार्यान्वयन, प्रशासनिक सुधार र सुशासनका सवालमा पनि प्रदेश सरकार पूर्णतः असफल भएको प्रतिपक्षको ठहर छ । सरकारका कामकारबाही मन्त्रीमुखी, पहुँचमुखी, भागबण्डामुखी र विचौलियामुखी बनेको भन्दै योजना बाँडफाँटदेखि नियुक्तिसम्म आसेपासे र निकटका व्यक्तिहरूलाई लाभ दिने प्रवृत्ति मौलाएको आरोप लगाइएको छ ।
संसदीय दलका नेता भट्टले सरकारमाथि लागेका प्रमुख अभियोगहरू सार्वजनिक गर्दै एक साताभित्र जवाफ दिन माग गरेको छ ।
ती अभियोगहरू यस प्रकार छन् :
प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफलता
आवश्यक कानुन निर्माण गर्न नसक्नु
बजेट कार्यान्वयनमा गम्भीर असफलता
मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति
अस्पतालहरूमा नियुक्ति ढिलाइ र भागबण्डामुखी निर्णय
संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न असफलता
नीति आयोगमा चरम बेथिति र राज्यकोष दुरुपयोग
आयोजना नै नभएको लगानी सम्मेलनका नाममा अपारदर्शी खर्च
सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल
अस्थायी कार्यालय खोली मनपरी खर्च र आसेपासेलाई लाभ
ऐन नबनाई गठन आदेशलाई प्राथमिकता
समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव
प्रतिपक्षले सरकारका गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको उल्लेख गर्दै जनताको पक्षमा संघर्ष जारी रहने चेतावनी दिएको छ ।

  • सुदूरपश्चिम प्रदेश सरकार
बुधबार, माघ २८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.