कञ्चनपुर- महेन्द्रनगरको एक होटेलमा साथीसँगै सुतेका युवक मृत भेटिएका छन्। महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको रारा होटलमा साथीसँगै सुतेका एक युवक मृत भेटिएका हुन्।
होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका १का किसन साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। ‘साथीसँग होटलमा सुतेका रहेछन्, सुतेकै अवस्थामा मृत भेटिएका हुन्,’ उनले भने, ‘सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन् ।’
मृतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













