धनगढी । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुर खैरेनी चौकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५ लाख ३३ हजार ५ सय बराबरको फेन्सी कपडा र नम्बर प्लेट नभएको मोटरसाइकलसहित बरामद गरेको जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













