• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

कुखुरामा प्रयोग हुने औषधिले मानिसको ज्यानै लिन्छ ?

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

काठमाडौँ । मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीमको उपचारका क्रममा शनिबार निधन भयो । सोही मासु खाएका कारण उनीहरूका २८ वर्षीया आमा राधिका ताम्राकार र तीन वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्, उनीहरूको उपचार सेती प्रादेशिक अस्पतालमा चलिरहेको छ ।

यो घटना पहिलो भने होइन, यसअघि पनि मरेको कुखुराको मासु खाँदा मानिसको ज्यान गएका घटना पटक–पटक भएका छन् । २०८१ मंसिरमा अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको पनि यस्तै घटनामा मृत्यु भएको थियो । त्यसैगरी, २०७६ सालमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको थियो भने सोही घटनामा एकै परिवारका अन्य ९ जना बिरामी परेका थिए ।

यस्ता घटना पटक–पटक भए पनि सरकार गम्भीर नदेखिएको गुनासो छ, जसका कारण घटना बढिरहेका छन् ।

के भन्छ सरकार ?

पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले विगतमा के–के भयो भन्नेबारे अहिले नै बताउने अवस्था नरहेको तर कैलालीको घटनामा भने फार्ममा समस्या नदेखिएको बताए । उनले भने, ‘मासु खाएपछि बालकको मृत्यु भएको थाहा पाउनेबित्तिकै विशेषज्ञ टोलीले फार्मको जाँचबुझ गरेको थियो । त्यहाँ रहेका कुखुरा तथा दानाको परीक्षण गर्दा केही देखिएको छैन ।’ प्रहरीले यसबारे थप छानबिन गरिरहेको र छानबिनबाटै घटनाको कारण बाहिर आउने पनि उनले बताए ।

सरोकारवालाको दाबी

कुखुरा उत्पादनलाई लिएर विभिन्न शंका–उपशंका उब्जिरहेका छन् । कुखुरा फार्महरूमा तौल बढाउन तथा छिटो खानयोग्य बनाउन औषधि प्रयोग भइरहेको दाबी गरिएको छ । गत पुसमा आयोजित ‘कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण’ सम्बन्धी कार्यक्रममा एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको बताएकी थिइन् । यसको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अध्ययन हुन आवश्यक रहेको धारणा उनले राखेकी थिइन् ।

नेपालमा कुखुराको मासुमा एन्टिबायोटिकको जथाभावी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढेको छ । कुखुराको मासुबाट मानव स्वास्थ्यमा जोखिम देखिएपछि सरकारले सन् २०१६ देखि कुखुराको दानामा प्रयोग हुने एन्टिबायोटिकमा पूर्ण रूपमा रोक लगाएको छ । तर, विभिन्न अध्ययनहरूले कुखुरा फार्महरूमा अझै पनि यसको प्रयोग भइरहेको देखाएका छन् ।

फार्महरूको मनोमानी

विभागका महानिर्देशक दाहालले डाक्टरको सल्लाहबमोजिम औषधिका रूपमा मात्र एन्टिबायोटिक प्रयोग गर्न पाइने तर अन्य कुनै पनि रूपमा प्रयोग गर्न नपाइने गरी रोक लगाइएको दाबी गरे । ‘डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही हुने व्यवस्था छ,’ उनले भने, ‘आफूहरूले दानामा त्यसरी एन्टिबायोटिक प्रयोग गरेको कतै नपाएको उनको दाबी छ ।’

तर, फार्म सञ्चालक तथा किसानले कुखुराको तौल बढाउन अनेकथरीका औषधि प्रयोग गर्ने गरेको समाचार आउने गरेका छन् । कतिपय फार्मले दानामा मात्र नभई पानीमा मिसाएर पनि औषधि दिने गरेको स्रोतको दाबी छ । एक भेटेरिनरी जानकारले भने, ‘फार्म सञ्चालक तथा किसानले कुखुरा छिटो बढोस् भनेर दाना र पानीमा मात्र होइन, कतिपय ठाउँमा सुईसमेत दिने गरेको भेटिएको छ ।’

सामाजिक सञ्जाल र युट्युबमा हेरेर खेतीपाती हुने गरेकाले कुखुराको ग्रोथ प्रमोटरका लागि के औषधि प्रयोग गर्ने भनेर अहिले खोजी हुने उनले बताए । ‘युट्युबले जे भन्छ, त्यही प्रयोग गर्छन् । यसकारण ब्रोइलर कुखुराको मासुमा जोखिम देखिएको हो,’ उनले बताए, ‘तरकारीमा विषादी प्रयोग गर्न रोक लगाइए पनि कालिमाटीको परीक्षणमा तरकारी खानयोग्य देखिँदैन, कुखुरामा पनि विभिन्न औषधि प्रयोग भइरहेको छ ।’

कस्ता–कस्ता औषधि प्रयोग हुन्छन् ?

नेपालका पशु औषधि पसलहरूमा त्यस्ता औषधि छ्यापछ्याप्ती पाइन्छन् । ‘जर्नल अफ एड्भान्स भेटेरिनरी एन्ड एनिमल रिसर्च’ले गरेको एक अध्ययनअनुसार पशु चिकित्सा औषधिको बिक्रीको ७० प्रतिशतभन्दा बढी खुद्रा पसलहरूबाट हुने गरेको छ । नेपालमा प्रयोग हुने शीर्ष सात एन्टिबायोटिकहरूमा टेट्रासाइक्लिन, एन्रोफ्लोक्सासिन, नियोमाइसिन–डक्सिसाइक्लिन, लेभोफ्लोक्सासिन, कोलिस्टिन र टाइलोसिन रहेका छन् ।

एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रियाक्सोन र जेन्टामाइसिन सबैभन्दा बढी गलत तरिकाले प्रयोग हुने औषधि हुन् । त्यस्तै टेट्रासाइक्लिन्स, पेनिसिलिन्स, म्याक्रोलाइड्स, स्ट्रेप्टोग्रामिन्स, एमिनोग्लाइकोसाइड्स र सल्फोनामाइड्स प्रयोग गर्न नहुने एन्टिबायोटिक समूहका औषधि हुन्, जुन नेपालमा प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन् । वृद्धि प्रवर्धक ९ग्रोथ प्रमोटर० का लागि सबैभन्दा बढी स्ट्रेप्टोग्रामिन्स प्रयोग हुने गरेको छ ।

पशु सेवा विभागमा कुखुरा विज्ञका रूपमा काम गरेका डा। नवराज श्रेष्ठ सरकारले एन्टिबायोटिक प्रयोगमा पूर्ण रूपमा बन्देज लगाए पनि कतिपय साना किसानले घरमै दाना बनाउने र त्यहाँसम्म सरकारको नजर नजाने बताउँछन् ।

‘हरेक किसानको फार्ममा गएर उनीहरूले बनाएको दाना परीक्षण गर्न सम्भव छैन,’ उनले भने, ‘डाक्टरको सिफारिसबाहेक कुनै पनि प्रकारको औषधि प्रयोगमा सरकारले बन्देज लगाएको छ ।’ विगत १२–१३ वर्षदेखि यस क्षेत्रमा आफूले काम गरेको र अनुगमनमा जाँदा कतै पनि जथाभावी औषधि प्रयोग गरेको नपाएको उनले दाबी गरे । उनले भने, ‘प्रयोगशालामा हजारौँ नमुना परीक्षण हुन्छन्, त्यसमा एक–दुईवटामा त्यस्तो भेटिनु सामान्य हो । त्यसमा पनि सरकार सचेत छ र त्यस्तालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।’

एन्टिबायोटिकको नाममा कुखुरामा जथाभाबी औषधि प्रयोग हुन थालेपछि युरोपेली संघले सन् २००६ देखि नै त्यसमा प्रतिबन्ध लगाएको थियो । त्यसको १० वर्षपछि मात्र नेपालले त्यसलाई कार्यान्वयनमा ल्यायो ।
विश्व स्वास्थ्य संगठनले पनि एन्टिबायोटिक प्रतिरोध रोकथामका लागि वृद्धि प्रवर्धकको प्रयोग बन्द गर्न सिफारिस गरेको छ । संयुक्त राज्य अमेरिकामा पनि चिकित्सकीय रूपमा महत्त्वपूर्ण मानिएका एन्टिबायोटिकहरूलाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

भारतले सन् २०१७ देखि कोलिस्टिन (एन्टिबायोटिक) लाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, अन्य महत्त्वपूर्ण एन्टिबायोटिकहरूको वृद्धि प्रवर्धकका रूपमा प्रयोग भने अझै भइरहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाउन सिफारिस गरिसकेको छ ।

एक अध्ययनले नेपालभन्दा भारतमा अत्यधिक बढी एन्टिबायोटिक औषधि प्रयोग हुने देखाएको छ । नेपालका लागि भारत मुख्य बजार हो र सीमा क्षेत्रबाट अवैध रूपमा अत्यधिक मात्रामा कुखुरा, चल्ला तथा अण्डा भित्रिने गरेका छन् ।रातोपाटीबाट

 

  • कुखुरा
आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.