• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

कुखुरामा प्रयोग हुने औषधिले मानिसको ज्यानै लिन्छ ?

  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

काठमाडौँ । मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीमको उपचारका क्रममा शनिबार निधन भयो । सोही मासु खाएका कारण उनीहरूका २८ वर्षीया आमा राधिका ताम्राकार र तीन वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्, उनीहरूको उपचार सेती प्रादेशिक अस्पतालमा चलिरहेको छ ।

यो घटना पहिलो भने होइन, यसअघि पनि मरेको कुखुराको मासु खाँदा मानिसको ज्यान गएका घटना पटक–पटक भएका छन् । २०८१ मंसिरमा अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको पनि यस्तै घटनामा मृत्यु भएको थियो । त्यसैगरी, २०७६ सालमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको थियो भने सोही घटनामा एकै परिवारका अन्य ९ जना बिरामी परेका थिए ।

यस्ता घटना पटक–पटक भए पनि सरकार गम्भीर नदेखिएको गुनासो छ, जसका कारण घटना बढिरहेका छन् ।

के भन्छ सरकार ?

पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले विगतमा के–के भयो भन्नेबारे अहिले नै बताउने अवस्था नरहेको तर कैलालीको घटनामा भने फार्ममा समस्या नदेखिएको बताए । उनले भने, ‘मासु खाएपछि बालकको मृत्यु भएको थाहा पाउनेबित्तिकै विशेषज्ञ टोलीले फार्मको जाँचबुझ गरेको थियो । त्यहाँ रहेका कुखुरा तथा दानाको परीक्षण गर्दा केही देखिएको छैन ।’ प्रहरीले यसबारे थप छानबिन गरिरहेको र छानबिनबाटै घटनाको कारण बाहिर आउने पनि उनले बताए ।

सरोकारवालाको दाबी

कुखुरा उत्पादनलाई लिएर विभिन्न शंका–उपशंका उब्जिरहेका छन् । कुखुरा फार्महरूमा तौल बढाउन तथा छिटो खानयोग्य बनाउन औषधि प्रयोग भइरहेको दाबी गरिएको छ । गत पुसमा आयोजित ‘कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण’ सम्बन्धी कार्यक्रममा एनिमल नेपालकी लाइभस्टक विभाग प्रमुख सुलक्षणा राणाले कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग भइरहेको बताएकी थिइन् । यसको मात्रा र यसले मानव स्वास्थ्यमा पार्ने असरबारे अध्ययन हुन आवश्यक रहेको धारणा उनले राखेकी थिइन् ।

नेपालमा कुखुराको मासुमा एन्टिबायोटिकको जथाभावी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढेको छ । कुखुराको मासुबाट मानव स्वास्थ्यमा जोखिम देखिएपछि सरकारले सन् २०१६ देखि कुखुराको दानामा प्रयोग हुने एन्टिबायोटिकमा पूर्ण रूपमा रोक लगाएको छ । तर, विभिन्न अध्ययनहरूले कुखुरा फार्महरूमा अझै पनि यसको प्रयोग भइरहेको देखाएका छन् ।

फार्महरूको मनोमानी

विभागका महानिर्देशक दाहालले डाक्टरको सल्लाहबमोजिम औषधिका रूपमा मात्र एन्टिबायोटिक प्रयोग गर्न पाइने तर अन्य कुनै पनि रूपमा प्रयोग गर्न नपाइने गरी रोक लगाइएको दाबी गरे । ‘डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही हुने व्यवस्था छ,’ उनले भने, ‘आफूहरूले दानामा त्यसरी एन्टिबायोटिक प्रयोग गरेको कतै नपाएको उनको दाबी छ ।’

तर, फार्म सञ्चालक तथा किसानले कुखुराको तौल बढाउन अनेकथरीका औषधि प्रयोग गर्ने गरेको समाचार आउने गरेका छन् । कतिपय फार्मले दानामा मात्र नभई पानीमा मिसाएर पनि औषधि दिने गरेको स्रोतको दाबी छ । एक भेटेरिनरी जानकारले भने, ‘फार्म सञ्चालक तथा किसानले कुखुरा छिटो बढोस् भनेर दाना र पानीमा मात्र होइन, कतिपय ठाउँमा सुईसमेत दिने गरेको भेटिएको छ ।’

सामाजिक सञ्जाल र युट्युबमा हेरेर खेतीपाती हुने गरेकाले कुखुराको ग्रोथ प्रमोटरका लागि के औषधि प्रयोग गर्ने भनेर अहिले खोजी हुने उनले बताए । ‘युट्युबले जे भन्छ, त्यही प्रयोग गर्छन् । यसकारण ब्रोइलर कुखुराको मासुमा जोखिम देखिएको हो,’ उनले बताए, ‘तरकारीमा विषादी प्रयोग गर्न रोक लगाइए पनि कालिमाटीको परीक्षणमा तरकारी खानयोग्य देखिँदैन, कुखुरामा पनि विभिन्न औषधि प्रयोग भइरहेको छ ।’

कस्ता–कस्ता औषधि प्रयोग हुन्छन् ?

नेपालका पशु औषधि पसलहरूमा त्यस्ता औषधि छ्यापछ्याप्ती पाइन्छन् । ‘जर्नल अफ एड्भान्स भेटेरिनरी एन्ड एनिमल रिसर्च’ले गरेको एक अध्ययनअनुसार पशु चिकित्सा औषधिको बिक्रीको ७० प्रतिशतभन्दा बढी खुद्रा पसलहरूबाट हुने गरेको छ । नेपालमा प्रयोग हुने शीर्ष सात एन्टिबायोटिकहरूमा टेट्रासाइक्लिन, एन्रोफ्लोक्सासिन, नियोमाइसिन–डक्सिसाइक्लिन, लेभोफ्लोक्सासिन, कोलिस्टिन र टाइलोसिन रहेका छन् ।

एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रियाक्सोन र जेन्टामाइसिन सबैभन्दा बढी गलत तरिकाले प्रयोग हुने औषधि हुन् । त्यस्तै टेट्रासाइक्लिन्स, पेनिसिलिन्स, म्याक्रोलाइड्स, स्ट्रेप्टोग्रामिन्स, एमिनोग्लाइकोसाइड्स र सल्फोनामाइड्स प्रयोग गर्न नहुने एन्टिबायोटिक समूहका औषधि हुन्, जुन नेपालमा प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन् । वृद्धि प्रवर्धक ९ग्रोथ प्रमोटर० का लागि सबैभन्दा बढी स्ट्रेप्टोग्रामिन्स प्रयोग हुने गरेको छ ।

पशु सेवा विभागमा कुखुरा विज्ञका रूपमा काम गरेका डा। नवराज श्रेष्ठ सरकारले एन्टिबायोटिक प्रयोगमा पूर्ण रूपमा बन्देज लगाए पनि कतिपय साना किसानले घरमै दाना बनाउने र त्यहाँसम्म सरकारको नजर नजाने बताउँछन् ।

‘हरेक किसानको फार्ममा गएर उनीहरूले बनाएको दाना परीक्षण गर्न सम्भव छैन,’ उनले भने, ‘डाक्टरको सिफारिसबाहेक कुनै पनि प्रकारको औषधि प्रयोगमा सरकारले बन्देज लगाएको छ ।’ विगत १२–१३ वर्षदेखि यस क्षेत्रमा आफूले काम गरेको र अनुगमनमा जाँदा कतै पनि जथाभावी औषधि प्रयोग गरेको नपाएको उनले दाबी गरे । उनले भने, ‘प्रयोगशालामा हजारौँ नमुना परीक्षण हुन्छन्, त्यसमा एक–दुईवटामा त्यस्तो भेटिनु सामान्य हो । त्यसमा पनि सरकार सचेत छ र त्यस्तालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।’

एन्टिबायोटिकको नाममा कुखुरामा जथाभाबी औषधि प्रयोग हुन थालेपछि युरोपेली संघले सन् २००६ देखि नै त्यसमा प्रतिबन्ध लगाएको थियो । त्यसको १० वर्षपछि मात्र नेपालले त्यसलाई कार्यान्वयनमा ल्यायो ।
विश्व स्वास्थ्य संगठनले पनि एन्टिबायोटिक प्रतिरोध रोकथामका लागि वृद्धि प्रवर्धकको प्रयोग बन्द गर्न सिफारिस गरेको छ । संयुक्त राज्य अमेरिकामा पनि चिकित्सकीय रूपमा महत्त्वपूर्ण मानिएका एन्टिबायोटिकहरूलाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

भारतले सन् २०१७ देखि कोलिस्टिन (एन्टिबायोटिक) लाई वृद्धि प्रवर्धकका रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, अन्य महत्त्वपूर्ण एन्टिबायोटिकहरूको वृद्धि प्रवर्धकका रूपमा प्रयोग भने अझै भइरहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाउन सिफारिस गरिसकेको छ ।

एक अध्ययनले नेपालभन्दा भारतमा अत्यधिक बढी एन्टिबायोटिक औषधि प्रयोग हुने देखाएको छ । नेपालका लागि भारत मुख्य बजार हो र सीमा क्षेत्रबाट अवैध रूपमा अत्यधिक मात्रामा कुखुरा, चल्ला तथा अण्डा भित्रिने गरेका छन् ।रातोपाटीबाट

 

  • कुखुरा
आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.