• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

लाखौँ आम्दानी दिने बेत बाँस : बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

  •   सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत बाँस सङ्कलन गर्दै आएको छ।

वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस हो। आर्थिक हिसाबले सम्पन्न यस सामुदायिक वनले बेत बाँस सङ्कलनबाट दर्जनौँ स्थानीयवासीलाई रोजगारी सिर्जना गर्दै आएको छ। अहिले वनबाट काँचो बेत सङ्कलन भइरहेको छ। दर्जनौँ स्थानीयवासी बेत सङ्कलनमा जुटेका छन्। उनीहरूले सङ्कलन गरेको बेत वनले प्रतिकिलो रु ११ मा खरिद गर्दै आएको छ।

तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिएको सामुदायिक वनले आवश्यकताअनुसार कामदार नपाउँदा लक्ष्य भेटाउन मुस्किल भएको वन कार्यालयका प्रमुख मीनबहादुर ठकुल्ला बताउँछन्।

“अहिलेसम्म लगभग ९०० क्विन्टल सङ्कलन भएको छ। लक्ष्यअनुसार यस वर्ष पनि बेत सङ्कलन हुँदैन,” उनी भन्छन्, “कामदार पाउन निकै गाह्रो हुँदा गत वर्ष पनि लक्ष्यअनुसार बेत सङ्कलन गर्न सकिएको थिएन। वनले गत वर्ष एक हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो।”

वनको १४६ हेक्टर क्षेत्रफलमा बेत बाँस छ। त्यसमध्ये १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानमा परिसकेको छ। बेत बाँस भएको क्षेत्रलाई चार भागमा विभाजन गरेर वनले पाँच वर्षमा एक पटक एउटा भागको बेत बाँस सङ्कलन गर्दै आएको छ।

“हामीले वर्षमा ७० देखि ८० लाख रुपैयाँसम्मको बेत बाँस बिक्री गरेको रेकर्ड छ,” सामुदायिक वनका अध्यक्ष जितराम चौधरी भन्छन्, “यसरी आम्दानी भएको रकम उपभोक्ताहरूलाई प्रदान गरिने सेवामा खर्च गर्ने गरेका छौँ।”

ब्चनजबपजबअजष् ऋझभलत
उनका अनुसार वनले बर्सेनि जाडोको समयमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै आएको छ। साथै, उपभोक्ताका बालबालिकालाई छात्रवृत्ति र उपभोक्ताको परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत वनले नगद सहयोगसमेत गर्दै आएको छ।

काँचो बेत प्रतिकिलो रु ११ मा खरिद गरेर सामुदायिक वनले त्यसलाई सुकाई उपभोक्ताका लागि प्रतिकिलो रु ५० मा उपलब्ध गराउँदै आएको छ। बाहिर बिक्री गर्नुपर्दा प्रतिकिलो रु ९० मा बिक्री गरे पनि ‘टेन्डर’ मार्फत प्रतिकिलो रु। १०५ सम्ममा बिक्री हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ।

उनका अनुसार बजारमा बेतको माग उच्च रहे पनि त्यसलाई पूरा गर्न सकिएको छैन। टीकापुरमा मात्रै बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन्। ती सबै उद्योगको कच्चा पदार्थको स्रोत यही सामुदायिक वन हो।

बर्सेनि कर्णाली नदीको कटानका कारण सामुदायिक वनको क्षेत्रफल खुम्चिँदै गएको छ, जसले गर्दा टीकापुर नगरपालिकाको दक्षिण–पूर्वी क्षेत्र थप जोखिममा पर्दै गएको छ।रासस

सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

समाचार

सबै

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.