धनगढी । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरिएको छ।
जिल्लाको पुर्नवास नगरपालिका-५ भानुबस्तीस्थित सोही ठाउँ बस्ने १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
नामथर नखुलेको व्याक्तिले गएराति सायरलाई छातीमा धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाई भागेर फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घाइते सायरको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट प्रहरी टोली खटिई धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ।













