धनगढी । बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्लाको बित्थडचिर गाउँपालिका–५ धामीगाँउ चिल्लापानी स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय किशन धामी सोमबार मृत अवस्थामा फेला परेका हुन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



















