धनगढी । डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी हट्वानी बस्ने ५३ वर्षीया छन्चरा धामीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धामीको हट्वानी जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।













