धनगढी । डोटीमा सेती नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए। उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको प्रहरीले जनाएको छ।



















