• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

खानेपानी उपभोक्ता समितिहरुका लागि तीन दिने क्षमता विकास तालिम आयोजना

  •   बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (यूएन–ह्याबिटाट) को संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने तालिम कार्यक्रम आयोजना गरिएको छ ।

मंगलबारदेखि सुरु भएको उक्त तालिम यही वैशाख १० गतेसम्म सञ्चालन हुने राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले जनाएको छ ।

कार्यक्रममा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको उद्देश्य उपभोक्ता समितिहरुको संस्थागत क्षमता अभिवृद्धि गर्दै खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनु रहेको कार्यकारी निर्देशक ई श्रेष्ठले बताए ।

उनका अनुसार तालिममा सहभागीहरुलाई नेतृत्व विकास, संस्थागत व्यवस्थापन, समस्या समाधानका उपाय, आर्थिक व्यवस्थापन, महसुल निर्धारण प्रक्रिया, सेवा प्रवाहको गुणस्तर सुधार तथा खरिद प्रक्रियामा अपनाउनुपर्ने मापदण्डका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

उनले भने, “खानेपानी उपभोक्ता समितिहरु स्थानीय स्तरमा अत्यन्त महत्वपूर्ण संरचना हुन् । उहाँहरुको नेतृत्व क्षमता र व्यवस्थापन दक्षता बढेमा सेवा प्रवाह पनि प्रभावकारी हुन्छ । त्यसैले यस तालिममार्फत नेतृत्वले आफ्ना कर्मचारीसँग कसरी समन्वय गर्ने, सेवाग्राहीसँग कसरी व्यवहार गर्ने र संस्थालाई पारदर्शी तथा उत्तरदायी बनाउने भन्ने विषयमा विशेष जोड दिइएको छ ।”

तालिमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । राष्ट्रिय सानासहकारी महासंघका अध्यक्ष खेम ओली, नगर विकास कोषका खानेपानी तथा सरसफाइ विज्ञ सुभाषराज पन्त, खानेपानी विज्ञ चोकप्रसाद धिताल, कमल अधिकारी, खानेपानी मन्त्रालयका प्रतिनिधि योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बम तथा तालिम केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले सहभागीहरुलाई विषयगत प्रस्तुति दिएका थिए ।

विज्ञहरुले खानेपानी आयोजना सञ्चालन गर्दा अपनाउनुपर्ने प्राविधिक तथा प्रशासनिक प्रक्रियाका साथै वित्तीय अनुशासन, पारदर्शिता र समुदायको सहभागितालाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी गराएका थिए ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई सशक्त बनाउने उद्देश्यले यस्तो तालिम पहिलो पटक आयोजना गरिएको ई श्रेष्ठले बताए ।

धेरै स्थानमा खानेपानी आयोजनाहरु सञ्चालन भइरहे पनि व्यवस्थापन क्षमता अभाव, प्राविधिक ज्ञानको कमी तथा आर्थिक व्यवस्थापनका चुनौतीका कारण सेवा प्रभावकारी हुन नसकेको अवस्था रहेको बताइएको छ ।

यस तालिमले सहभागीहरुलाई आवश्यक ज्ञान, सीप तथा अनुभव प्रदान गर्दै स्थानीय स्तरमा खानेपानी सेवा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

साथै तालिममार्फत सहभागीहरुले सिकेका ज्ञान र अनुभव आफ्नो क्षेत्रमा लागू गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

समाचार

सबै

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.