कैलाली । आज विश्व प्रेस स्वतन्त्रता दिवस सो अवसरमा नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा पत्रकारहरुले रर्याली निकाल्ने भएका छन् । आज ७ : ३० बजे नेपाल पत्रकार महासंघको कार्यालयबाट धनगढीको पार्कचोक सम्म साे रर्याली निकाल्ने भएका हुन् । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले रर्यालीमा वरिष्ठ पत्रकार,संचारकर्मी। ,नागरिक समाज, मानवअधिकारवादी,पेशागत संघसंगठनका प्रतिनिधि एवं सरोकारवालाहरुको उपस्थित रहने बताए । रर्याली पार्कचोक पुगेर समापन हुने उनले बताए ।













