धनगढी । धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारण सभामा चार जनाको उम्मेदवारी परेको छ । चार वर्षे कार्यकालका लागि हुने नयाँ नेतृत्व चयनमा अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा घनबहादुर शाह, चेतराज ओझा, केशव मिश्र, गोपालराज पाठक ले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका मध्ये शाह बरिष्ट पत्रकार हुन् । उनी सेती समाचार दैनिकका प्रकाशक सम्पादक हुन् ।



















