धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुर शिव मन्दिर नजिक, वडा नं ११ गड्डाचौकी र भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.३ लाख ३९ हजार ५ सय बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त मूल्यका विभिन्न किसिमका कपडा, केरा, माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको हो ।













