धनगढी । दार्चुलाबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छ्न ।
जिल्ला अदालत दार्चुलाको २०८१ असोज ७ गतेको फैसलाले जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय तोकिएको दुहुँ गाउँपालिका-५ बस्ने ४२ वर्षीय देवराम पार्की पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
पार्कीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार महाकाली नगरपालिका-४ पुल घाटबाट पक्राउ गरेको जनाएको छ ।













