धनगढी । कञ्चनपुरबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको २०८२ कार्तिक २४ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.३ हजार जरीवाना तोकिएका पुनर्वास नगरपालिका-९ बिचफाटा बस्ने ४१ वर्षीय बीरबहादुर बुढा पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुढालाई जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार सोही नगरपालिकाको वडा नं १० दोधा पुलबाट पक्राउ गरेको जनाएको छ ।



















