धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको ३२औँ वार्षिक साधारणसभा अन्तर्गत जेठ ९ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा घन बहादुर शाहले आफ्नो उम्मेदवारी प्रस्तुउत गरेका छन्। उनले पारदर्शिता, सुशासन र सदस्यको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै आफ्नो टिमसहित निर्वाचनमा होमिएका हुन्।
शाहले सहकारीको पुँजीलाई सुरक्षित राख्दै सदस्यहरूको आर्थिक स्तर उकास्ने, स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थाका सबै वित्तीय कारोबारलाई पारदर्शी बनाउने र सदस्यहरूको विश्वास मजबुत पार्ने लक्ष्य पनि राखेका छन्।
उनका अनुसार नवजीवन सहकारीलाई डिजिटल युगअनुसार आधुनिक सेवा दिने संस्थाका रूपमा विकास गरिनेछ। साथै, बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही सदस्यहरूको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समेत सहकारीको योगदान बढाइने योजना रहेको उनले बताए।
आफ्नो लामो अनुभव, निष्ठा र प्रतिबद्धतालाई आधार बनाउँदै शाहले सम्पूर्ण सेयर सदस्यहरूलाई आफ्नो टिमलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन्। उनले “सुदृढ नवजीवन, समृद्ध सदस्य” आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै एक भोटले सहकारीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
पारदर्शिता र समृद्धिको एजेन्डासहित घन बहादुर शाहको उम्मेदवारी
पारदर्शिता र समृद्धिको एजेन्डासहित घन बहादुर शाहको उम्मेदवारी
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



















