धनगढी । कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४५ वर्षीय मिनबहादुर जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जागरीको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ पारीफाटा बस्ने ४२ वर्षीय कम्मानसिंह ठगुन्ना घाइते भएका छन्। घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।













