धनगढी । दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको ब्यास गाउँपालिका–६ बडुगाउँ बस्ने ५८ वर्षीय सुनादत्त बडू मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बडू घर नजिकै गोठालो गएकोमा बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा घरदेखि १ किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













