धनगढी । कैलालीबाट एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय अनिल चौधरी पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चौधरीलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।



















