धनगढी । कञ्चनपुरमा एक घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
बिहीबार जिल्लाको भीमदत्त नगरपालिका-१६ मझगाँउ बस्ने हरिबल्लब जोशीको २ तले पक्की घरमा बिजुलीको तार सर्ट हुन गइ आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.३ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको,स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाएको छ ।



















