• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २० घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ३. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ४. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ५. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ६. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ७. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

नवजीवन सहकारी निर्वाचन : अध्यक्षका उम्मेदवार पाठकद्वारा प्यानल घोषणा

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

धनगढी । आगामी जेठ ९ गते हुने नवजीवन सहकारी संस्था लिमिटेडको निर्वाचनमा सञ्चालक समितिका अध्यक्ष पदका उम्मेदवार गोपालराज पाठकले आफ्नो प्यानल घोषणा गरेका छन् ।

आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पाठकले आफ्नो चुनावी प्यानल घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार पाठकले दुई कार्यकाल नवजीवन सहकारीको सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् ।

पाठकको प्यानलबाट सञ्चालक समितिको उपाध्यक्षमा उत्तम जोशी,सञ्चालक समिति सदस्यहरुमा कोपिला कुँवर,गणेश बम,जगतराम चौधरी, जयराज जोशी,ठोमनाथ ढकाल (टी.एन) ,भरतराज जोशी र लक्ष्मीराज पन्त उम्मेदवार रहेका छन् ।

त्यस्तै,पाठक प्यानलबाट लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी,सदस्यमा खेमराज पाठक र गणेशप्रसाद उपाध्यायको उम्मेदवारी रहेको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार पाठकले संस्थामा सुशासन कायम गरि विकृति हटाउन शून्य सहनशीलता अपनाइने बताए ।

उनले संस्थामा रहेको तरलतालाई न्यूनीकरण गर्दै सहकारी मापदण्ड भित्र सीमित गरिने प्रयास गरिने,सदस्यहरुले पाइरेको सुविधाहरुको क्षेत्रविस्तर गरिदै लगिने तथा संस्थामा रहेका कर्मचारीहरूलाई प्रविधिमैत्री बनाउँदै लगिने बताए ।

अध्यक्षका उम्मेदवार पाठक प्यानलले आफ्नो ८ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।
यस्ता छन् पाठक प्यानलका प्रतिवद्धता
१. संस्थागत सुशासन : संस्थाको ख्याती र गौरव कायम राख्न हरेक प्रकारका विकृति हटाउन शून्य सहनशीलता अपनाइनेछ । संस्थामा गरिने नयाँ कार्यक्रमलाई प्रभावकारी बनाउन शेयर सदस्यहरुमध्येबाट सम्बन्धित विषयको जानकारहरु, सञ्चालक कर्मचारी सम्मिलित योजना तर्जुमा उपसमिति गठन गरि लागु गरिनेछ ।
२. लगानी तथा असुली : संस्थामा रहेको तरलतालाई न्यूनीकरण गर्दै सहकारी मापदण्ड भित्र सीमित गरिने प्रयास गरिनेछ, जसका लागि लगानीका नयाँ क्षेत्रको पहिचान र व्याजदरमा समयसापेक्ष परिवर्तन गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गरिनेछ । साथै निस्क्रिय कर्जाको असुनीका लागि विशेष कार्यदलको गठन गरी असुली कार्यलाई प्रभावकारी बनाइनेछ ।
३. सदस्य हित : संस्थामा भएका कार्यहरूको जानकारी गराउन र शेयर सदस्यहरुको गुनासो तथा सुझाव ग्रहण गरी संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सूचना अधिकारी सहितको प्रणाली स्थापना गरिनेछ । सदस्यहरुले पाइरहनु भएको सुविधाहरुको क्षेत्रविस्तर गरिदै लगिनेछ ।
४. उत्पादन : संस्थाले सकार गरेका जमिनलाई संस्थाको सम्पत्तिको रुपमा ग्रहण गरी सम्भाव्यताका आधारमा उत्पादन क्षेत्रमा प्रयोग गरिनेछ र किसान शेयर सदस्य रहेको क्षेत्रहरूमा लघुवित्त कार्यक्रमलाई विस्तार गरिनेछ । साथै मजगाउँमा रहेको नवजीवन खाद्य उद्योगलाई विस्तार गरिनेछ ।
५. जनशक्ति विकास : संस्थामा रहेका कर्मचारीहरूलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ ।
६. भौतिक विकास : संस्थाको जोशीपुर सेवा केन्द्रमा आवश्यक पर्ने भवन निर्माण र चौमाला सेवा केन्द्रको कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गरिनेछ ।
७. प्रविधि र स्रोत साधन : संस्थाको कार्यलाई प्रभावकारी बनाउन समय सापेक्ष आधुनिक सफ्टवेयरको प्रयोग गर्दै अनलाइन कारोवारलाई प्रोत्साहन गर्दै मसलन्दको खर्चमा कटौती गरिनेछ ।
८. कार्यकालको परिणाम (हाम्रो लक्ष्य) : संस्थाको सेवा प्रविधिमैत्री बनाउदै कारोबार र सुशासनको हिसावले देशभरिमा पहिलो स्थानमा पुर्याइने छ ।

शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद

समाचार

सबै

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २० घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ३.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ४.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ५.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ६.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.