धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।
शुक्रबार मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन हस्तान्तरण गरेका हुन ।
प्रतिवेदन बुझ्दै उनले मुख्य न्यायाधिवक्ताको कार्यालयले गरिरहेको कामको प्रशंसा गरे ।
उनले प्राप्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा पठाइने बताए ।



















