धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-२ भाँसी र वडा नं ४ बसपार्कबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ३ हजार ६५०बबराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका चिनी, मिस्री, केरा, किराना लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















