धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । इन्चार्जको जिम्मेवारी पाएका भीम रावलले जिम्मेवारीप्रति असन्तुष्टि जनाएपछि सो जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ ।
जोशीलाई यसअघि सहइन्चार्ज तोकिएको थियो । सहइन्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशनमा सुदूरपश्चिमको सहइन्चार्जको जिम्मेवारी खगराज भट्टले पाएका छन् ।













