धनगढी । कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आइतबार जिल्लाको पुनर्वास नगरपालिका-९ (ख) गाँउ स्थित दोदा नदीमा नुहाउने क्रममा सोही नगरपालिका- ८ (क) गाउँ बस्ने १४ बर्षीय रोहित दौडे पानीमा डुबी गम्भीर घाइते भई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।













