धनगढी । कञ्चनपुरमा दुई गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको बेदकोट नगरपालिका-१० चथरी बस्ने गणेश सुनार र सोही ठाउँ बस्ने चक्र सुनारको संगै जोडिएको एक /एक तले कच्ची गोठमा नजिकै खेतमा जलाएको आगो गोठमा सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गणेश सुनारको काठ जस्ता पाता लगायतका सामानहरु गरि अन्दाजी रु.२ लाख ५० हजार र चक्र सुनारको गोठ भित्र राखेको खाद्यान्न लगायतका सामानहरु गरि अन्दाजी रु.१ लाख ५० हजार बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको, स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाएको छ।













