धनगढी । काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ।
ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनामा १८ जना यात्रु घाइते भएका तथा दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ।
बस सडकमै पल्टिएकाले उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम जारी राखेको जनाएको छ।
घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्याइएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ।













