कैलाली । हिक्मत कुँवर ले नवजीवन सहकारी संस्था को सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले केशव मिश्रको प्यानलबाट उम्मेदवारी दिएका हुन् । युवा नेता, व्यवसायी तथा समाजसेवी कुँवरले संस्थाको आगामी निर्वाचनका लागि सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि कुँवर अहिले चुनावी प्रचार–प्रसारमा सक्रिय बनेका छन् । उनले सहकारीका शेयरधनी सदस्यहरूसँग भेटघाट गर्दै मत माग्ने अभियान सञ्चालन गरिरहेका छन् ।
कुँवरले सहकारीमा सुशासन कायम गर्दै शेयरधनीमैत्री वातावरण निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् । साथै, नवजीवन सहकारीलाई सबैको साझा संस्था बनाउँदै वित्तीय अनुशासन र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“नवजीवन सहकारीको हित, पारदर्शिता र संस्थागत सुदृढीकरणका लागि मैले उम्मेदवारी दिएको हुँ । सम्पूर्ण शेयरधनी सदस्यहरूले मलाई विश्वासका साथ मतदान गरी विजयी गराउनेमा विश्वस्त छु,” कुँवरले बताएका छन् ।
नवजीवन सहकारी संस्था को सञ्चालक समितिका लागि निर्वाचन आगामी जेठ ९ गते हुने तय गरिएको छ ।













