धनगढी । कैलालीमा भन्सार छलीका बोइलरसहित एकजना पक्राउ परेका छन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका-१९ फूलबारीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ८५ हजार ९ सय बराबरको बोइलर कुखुरा र १ थान मोटरसाइकलसहित सोही ठाउँ बस्ने ३९ वर्षीय टीकाराम चौधरी पक्राउ परेका हुन ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त कुखुरा, मोटरसाइकल सहित निजलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।



















