• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली-४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दको प्रदेश सरकारसँग आग्रह

  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का बहुप्रतीक्षित विकास योजनालाई आगामी आर्थिक वर्षको प्रदेश बजेटमा समेट्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेका छन्।

मंगलबार बिष्टसहित कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ललित रोकाया “वसन्त”, प्रदेश सभा सदस्य तुलसी देवकोटा, क्षेत्रीय सचिव विष्णुप्रसाद भाट, गौरीगंगा नगर सभापति पहलविक्रम चन्द, प्रदेश “क” का सभापति काशीराम शर्मा तथा युवा नेता छत्रबहादुर बमको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाशबहादुर बम तथा सामाजिक विकास मन्त्री मेघराज खड्कासँग भेट गर्दै क्षेत्रका आवश्यकता र विकासका प्राथमिकताबारे ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा टोलीले विशेषगरी कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा वर्षभरि सहज यातायात सञ्चालन हुने सडक निर्माणलाई प्राथमिकतामा राख्न माग गरेको थियो। वर्षौंदेखि सडक सञ्जालको अभाव र वर्षायाममा हुने यातायात अवरोधका कारण स्थानीय नागरिकले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी किसानलाई केन्द्रमा राखेर आधुनिक कृषि प्रणाली विकास, सिँचाइ विस्तार, कृषि अनुदान, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनसम्बन्धी योजनामा लगानी बढाउन आग्रह गरिएको छ।

ग्रामीण क्षेत्रका जोखिममा रहेका बस्तीमा तटबन्ध, स्वास्थ्य सेवा पहुँच विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्ने विषय पनि टोलीले उठाएको थियो।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आनन्दले निर्वाचनको परिणाम जे भए पनि जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताए। उनले चुनावी अभियानका क्रममा कैलाली–४ का नागरिकसँग विकास, सडक, कृषि, शिक्षा र रोजगारीका विषयमा गरिएका वाचा कार्यान्वयन गर्न आफू निरन्तर सक्रिय रहेको उल्लेख गरे।

“निर्वाचनमा जित र हार प्राविधिक कुरा हुन्, तर जनतासँग बोलेका कुरा पूरा गर्न पहल गर्नु राजनीतिक जिम्मेवारी हो,” उनले भने, “कैलाली–४ का नागरिकले अपेक्षा गरेका विकास योजनालाई प्रदेश सरकारको आगामी बजेटमा समेट्न आग्रह गरेका छौं।”

नेता आनन्दले सुदूरपश्चिम प्रदेश सरकार कैलालीको दुर्गम चुरे र मोहन्याल क्षेत्रको विकासप्रति सकारात्मक रहेको अनुभूति भएको पनि बताए। प्रदेश सरकारले सुगम जिल्ला मानिने कैलालीभित्र रहेका दुर्गम बस्तीको विकासका लागि विशेष कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्दै उनले आगामी बजेट जनताको आवश्यकता केन्द्रित हुने अपेक्षा गरे।

प्रदेश सरकारसँगको भेटलाई क्षेत्रीय विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेश सरकारसम्म समन्वय गरेर विकासका योजना अघि बढाउनुपर्ने आवश्यकता रहेको भन्दै टोलीले कैलाली–४ लाई पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यका हिसाबले नमुना क्षेत्र बनाउने लक्ष्यका साथ निरन्तर पहल जारी रहने जनाएको छ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.