धनगढी । कैलालीबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको बर्दगोरिया गाउँपालिका-६ पृथ्वीपुरका ३५ वर्षीय राजेन्द्र चौधरी, २५ वर्षीय सन्देश डगौरा र २० वर्षीय बिनोद चौधरी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट २५० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थसहित मंगलबार पक्राउ गरेको जनाएको छ ।



















