काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।
सत्ता पक्षकै सांसद्हरूबाट समेत आलोचना र प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाह राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा सक्रिय भएका हुन्।
शाहले लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने हुन्छ, तर यो पहिलोपटक होइन।’
उनको पछिल्लो स्टाटसलाई वर्तमान राजनीतिक परिस्थितिबीच आएको अर्थपूर्ण अभिव्यक्तिका रूपमा हेरिएको छ।














