बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ।
बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उनले बताए।
अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ।
गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो।
बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए। पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।















