• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सर्पदंश नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना, उच्च जोखिमका जिल्लामा विशेष तयारी

  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले सर्पदंश राेकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको कार्ययोजनाले सर्पदंशलाई जनस्वास्थ्य तथा विपद् जोखिमको महत्वपूर्ण विषयका रूपमा पहिचान गर्दै रोकथाम, उपचार र उद्धार प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
कार्ययोजनाअनुसार पछिल्ला १० वर्ष अर्थात् २०७३ देखि २०८३ असार मसान्तसम्म नेपालमा सर्पदंशका १ हजार ६७८ घटना भएका छन्। ती घटनामा १ हजार ४०१ जना घाइते भएका छन् भने ३०१ जनाको सर्पदंशका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ। मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र करिब २२ प्रतिशत बालबालिका रहेका छन्।
उपचार केन्द्र टाढा हुनु, उपचारमा ढिलाइ, पर्याप्त एन्टिभेनमको उपलब्धता नहुनु, स्वास्थ्यकर्मीको सीमित क्षमता तथा आपत्कालीन उद्धार सेवामा देखिएको कमजोरीका कारण सर्पदंशबाट हुने मृत्यु र अपाङ्गताको जोखिम अझै उच्च रहेको कार्ययोजनाले जनाएको छ।
कार्ययोजनाले मधेस प्रदेशका सर्लाही, सिरहा, धनुषा, महोत्तरी, सप्तरी, रौतहट, बारा र पर्सा, कोशी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलाई सर्पदंशको उच्च जोखिम भएका जिल्लाका रूपमा प्राथमिकतामा राखेको छ।
सर्पदंशका कारण मृत्यु, उपचारमा हुने खर्च, श्रमशक्ति गुम्ने, गरिबी बढ्ने तथा राज्यमा अतिरिक्त आर्थिक भार पर्ने कार्ययोजनाले औंल्याएको छ। जलवायु परिवर्तन, वन विनाश, अव्यवस्थित सहरीकरण, कृषियोग्य जमिनको अतिक्रमण तथा जैविक विविधतामा आएको परिवर्तनले मानव र सर्पबीचको सम्पर्क बढाउँदै सर्पदंशको जोखिम बढाएको उल्लेख गरिएको छ।
कार्ययोजनाले समुदायस्तरमा घर तथा परिसरमा सरसफाइ गर्ने, घरभित्र मुसा र सर्प प्रवेश नियन्त्रण गर्ने, अँध्यारोमा टर्चको प्रयोग गर्ने, सुत्दा मच्छरदानी प्रयोग गर्ने तथा जोखिमयुक्त क्षेत्रमा जुत्ता र पञ्जा प्रयोग गर्ने लगायतका उपाय अपनाउन जोड दिएको छ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा एन्टिभेनमको पर्याप्त व्यवस्था, स्वास्थ्यकर्मीलाई नियमित तालिम, आईसीयू तथा भेन्टिलेटर क्षमता विस्तार, एम्बु ब्याग र इन्ट्राभेनस लाइनको उपलब्धता तथा उपचार प्रोटोकलको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सर्पको प्राकृतिक वासस्थान संरक्षण र मानव–सर्प द्वन्द्व न्यूनीकरणका उपायलाई पनि कार्ययोजनामा समेटिएको छ।
सर्पले टोकेमा बिरामीलाई सकेसम्म छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउन, बिरामीलाई शान्त राख्न र टोकेको अंगलाई स्थिर राख्न कार्ययोजनाले सुझाएको छ। टोकेको स्थानमा काट्ने, चुस्ने, डोरीले कसेर बाँध्ने, जडीबुटी वा अन्य घरेलु उपचार गर्ने तथा मुखबाट विष निकाल्ने प्रयास नगर्न पनि आग्रह गरिएको छ।
सर्प देखिएमा त्यसलाई समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न र सम्भव भएसम्म वन तथा संरक्षणकर्मी, उद्धार टोली वा स्थानीय तहलाई खबर गर्न कार्ययोजनाले सुझाव दिएको छ। यससँगै स्थानीय तहदेखि संघीय तहसम्म समन्वय गरी सर्पदंशबाट हुने मृत्यु तथा सामाजिक–आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

  • सर्पदंश
मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.