धनगढी । कैलालीमा प्रहरीले चार लाख बढीका अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.४ लाख १४ हजार ८८२ बराबरको चिनी, मिठाई, टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














