धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन ।
शनिबार जिल्लाको बेलौरी नगरपालिका-१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले शनिबार बिहान सु.प.प्र ०१-०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाप्त














