धनगढी । कैलालीमा प्रहरीले एक लाख बढीका अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
गएराति जिल्लाको कैलारी गाउँपालिका-५ छोटकी पलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख २३ हजार बराबरको सुटपिस,साडी लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














