धनगढी । कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भइ फरार रहेका उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र रु. २०हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय नन्दलाल रानाथारु र अंगभंग मुद्दामा ३ महिना कैद सजाय तोकिएका गोदावरी नगरपालिका-१ बस्ने ३० वर्षीय नबिन बिष्ट रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।














