धनगढी । कञ्चनपुरबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना २० दिन कैद सजाय र रु. १ लाख ४० हजार जरिवाना तोकिएका कैलालीको गोदावरी नगरपालिका-१२ बस्ने ३९ वर्षीय पदमबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गएराति कञ्चनपुरको वडा एरियामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको जनाएको छ ।














