धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामानसहित ९ जनालाई पक्राउ गरेको छ ।
मंगलबार जिल्ला कञ्चनपुर भीमदत्त न.पा.११ भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख बराबरको चिनी, दाल, खाने तेल, सोनपापडी, किराना लगायतका सामानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका-१० बस्ने ३२ वर्षीया ज्योती डगौरा, २४ वर्षीया सोनु डगौरा, २० वर्षीया नेहा चौधरी,भीममदत्त नगरपालिका-२ बस्ने ३५ वर्षीया तारा कुँवर, ४० वर्षीया भावना चन्द, सोही नगरपालिका-८ बस्ने ३५ वर्षीया लक्ष्मी नेपाली,वडा नं १९ बस्ने २४ वर्षीया पशुपती धामी, ४० वर्षीया बिमला चन्द र ३५ वर्षीया मिना धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पूरा गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाइएको जनाएको छ ।














