धनगढी । कैलालीमा अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन ।
मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।














