धनगढी । कैलाली प्रहरीले वन अधिकृत हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीले वन अधिकृत हुँ भन्दै एक जना युवतीलाई प्रेम सम्बन्धमा पारी युवतीका घर परिवारका सदस्य तथा नातेदारलाई समेत वन कार्यालयमा करारमा नोकरी लगाइदिन्छु भनी रकम असुल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सिना जानकारी दिए ।
उनका अनुसार परिचय पत्र तथा नियुक्ति पत्र समेत बनाइ रकम ठगी गर्ने कार्यमा संलग्न रहेका चौधरी धनगढी उपमहानगरपालिका-१ डिभिजन वन कार्यालय कैलालीस्थित सडक खण्डबाट पक्राउ गरिएको हो ।
चौधरीलाई ठगी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।














