धनगढी । कैलालीमा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका-८ गोठचौर बस्ने ६६ वर्षीय रामप्रसाद चौधरीको घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा बुधबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














