धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख १३ हजार ४५० बराबरको विभिन्न किसिमका कपडा, औषधि, सुर्ती लगायतका सामानहरु गएराति नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














