धनगढी । कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
जिल्लाको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १५० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय आशिषकुमार महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














