बझाङ- बझाङमा एक जना पुरुष मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ ।
बुधवार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए ।
उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।













