कञ्चनपुर- कञ्चनपुरको बाणीबाट तीन किलो चरेससहित एक जना पक्राउ परेका छन । जिल्लाको कृष्णपुर नगरपालिका – २ बाणीबाट दार्चुलाको महाकाली नगरपालीका –९ दत्तलेक का ४१ वर्षीय नैनसिंह बोहरा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीबाट ३ किलो २९६ ग्राम चरेस फेला पारेको जनाएको छ ।














