धनगढी– दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।
उनले एमालेका गणेशसिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् । बडूले २८ हजार ५१५ मत पाए भने ठगुन्नाले २६ हजार ३८१ पाए ।














